जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरद्वारा विपन्नलाई न्यानाे लुगा
विकास महता
कञ्चनपुर । जाडाेवाट बच्न कञ्चनपुरमा विपन्न नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका -९ खल्ला र मटेना क्षेत्रका विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले बुधबार एक औपचारिक कार्यक्रमकाबीच ५० जनालाई न्यानो कम्बल वितरण गरिएको बताइएको छ । जस अन्तर्गत लोपोन्मुख राउटे समुदायका खल्ला बस्ने १२ जना र मटेना बस्ने १० जना गरी २२ जनालाई र ७० वर्षभन्दा बढी उमेर समूहका विपन्न जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय एकल महिलालाई न्यानो कम्बल वितरण गरिएको थियो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार चिसोले गर्दा नागरिकले ज्यान गुमाउन नपरोस्, विपन्न तथा असहाय व्यक्तिहरुको जीवन कष्टकर नहोस् भन्ने नेपाल सरकारको नीति अनुरुप न्यानो कम्बल वितरण गरिएको हो ।