Dashain Suvakamana

जुम्ला आगलागी अपडेट : ३० घर र ७० पशुचौपाया जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।

प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार ३० घर सहित १७ गाई, २३ गोरु र ३० भेडाबाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उनले जानकारी दिए ।

स्थानीय परवहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केको अनुमान गरिएको छ । घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर निकै दुर्गम क्षेत्र भएकाले समयमै सुरक्षा निकाय त्यहाँ पुग्न सकेन तथा स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.