Dashain Suvakamana

सुदूरपश्चिममा स्वास्थ्य निर्देशक अवस्थीले लगाए काेराेनाबिरुद्धकाे पहिलो खोप

धनगढी ।विश्वमा महामारी रुपमा फैलिएकाे काेराेना भाइरस विरुद्धकाे खाेप नेपालमा देखापरेकाे ११ महिनापछि आजदेखि लगाउन अभियान थालिएकाे छ । अभियानकैक्रममा सुदूरपश्चिममा पनि आजदेखि कोरोना विरुद्धको खोप सुरु भएकाे हाे । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कार्यक्रमकावीच बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले खाेप अभियानकाे उद्घाटन गरेका छन् ।

भारतले अनुदानमा दिएकाे उक्त खाेपकाे असरबारे केहीले आसंका व्यक्त गरेका बेला सुदूरपश्चिममा प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले पहिलो खोप लगाएका छन्। हुनत सरकारले नै खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने जनाएको छ।

प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयका अनुसार आजदेखि खाेपलाई अभियानका रुपमा लगाउन आवश्यक व्यवस्थापन मिलाइसकेको जनाएको छ। कोरोना विरुद्धको खोप सुदूरपश्चिमका पहाडी जिल्लाकासाथै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पताल, यस्तै कञ्चनपुरकाे महाकाली अस्पताल, डडेल्धुरा अस्पताललाई खोप केन्द्रका रुपमा तोकेर खाेप लगाउन सुरु गरिएकाे छ ।

संघीय सरकारले सुदूरपश्चिमका लागिे कोरोना विरुद्धको ३६ हजार डोज खोप पठाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.