Dashain Suvakamana

प्रधानमन्त्रीकाे कदमबिरुद्ध १७ गते धनगढीमा विशाल जनप्रदर्शन गरिने

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १७ गते विशाल जनप्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगामी कदमविरुद्ध विशाल जनप्रदर्शनको आयोजना गरिएको प्रदेश सहइञ्चार्ज तथा प्रचारप्रसार समितिका संयाेजक खगराज भट्टले बताए ।

प्रतिनिधि सभा विघटनविरुद्ध माघ १७ गते धनगढीको खुल्ला मञ्चमा ५० हजार बढी नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति गराइने भन्दै नेता भट्टले आमसभालाई पार्टीका केन्द्रीय अध्यक्षद्वय पुष्पकमल दाहल ‘प्रचण्ड’, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य डा. भीम रावललगायतका नेताहरुले सम्बोधन गर्ने जानकारी दिए ।

May be an image of text that says "असबैधानिक संसद बिघठनको प्रतिगमनकारी कदम खारेज गर संसद तुरुन्त स्थापना गर बृहत जनप्रदर्शन ৭७ माघ ২०७७, धनगढी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सुदूरपश्चिम प्रदेश"विशाल जनसभामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता कार्यकता तथा शुभचिन्तकहरु सहभागी हुने आयोजकले जनाएको छ ।पार्टीका विभिन्न जनवर्गीय संगठनहरु परिचालन गरिएका छन् । बिराेध प्रदर्शन र्याली धनगढी चौराहा र क्याम्पस रोडबाट निकालिने छ । ¥याली दिउँसो १ बजे खुल्ला मञ्चमा सभामा परिणत हुनेछ ।

प्रर्दशनको तयारीका लागि प्रदेश इञ्चार्ज समेत रहेका नेता डा. रावल, सह इञ्चार्ज खगराज भट्ट, भानुभक्त जोशी लगायतका नेताहरु धनगढी केन्द्रीत भएका छन् । जनप्रदर्शन तथा जनसभा भव्यरुपमा सफल पार्न प्रचारप्रसार, स्वयम्सेवक, मञ्च व्यवस्थापन, जनपरिचालन लगायतका थुप्रै उपसमितिहरु गठन भएको नेकपाका प्रदेश सदस्य शिव सिं ओलीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.