युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा एमसिडिसीको विजय
बिकास सिंह महता
कञ्चनपुर ।कञ्चनपुर कवर्डहलमा जारी सर्वाधिक धनराशीकाे खुल्ला प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता उद्धघाटन खेलमा एमसिडिसि धरमपुरले विजय सुरुवात गरेको छ। एमसिडिसी धरमपुर र एमएसपि महेन्द्रनगर बिच भएको प्रतिस्पर्धात्मक खेलमा एमसिडिसीले ५-२ गोलको अन्तरले जितेकाे हाे।
एमसिडिसी धरमपुरका तर्फबाट जर्सी नम्बर ८र ४४ का कमल पातली र हरिश बिकले एक-एक गोल गरेका हुन। यस्तै जर्सी नम्बर १० का ज्ञानी जोशिले व्यक्तिगत ३ गर्दै ह्याटि्रक गरे ।एमएसपिका तर्फबाट जर्सी नम्बर २३ र १५ का राकेश गुरुङ, ललित जैशिले टिमको लागि सान्त्वना एक-एक गोल गरेता पनि जित दिलाउन भने सकेनन् ।
यसअघि प्रतियाेगिताको उद्धघाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले गरेका थिए । उद्धघाटन समारोह कार्यक्रममा सभापति युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द, प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी, विशिष्टमा अखिल नेपाल फुटबल संघका सहायक महासचिव भीमबहादुर थापा, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ, कञ्चनपुर फुटवल संघका अध्यक्ष गणेश वहादुर चन्द, पूर्व कबडी प्रमुख प्रशिक्षक तारा सिंह भाट र कञ्चनपुर जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहेका थिए।
प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले बताएका छन् ।
उनका अनुसार आज दोस्रो दिनको पहिलो खेल दोधारा चादनी र रोयल गोर्खा बिच १२ बजे हुने छभने पिएफए अत्तरीया र महेन्द्रनगर युनाइटेड दोस्रो खेल दिउँसो १:३० मा हुने छ।