Dashain Suvakamana

जङ्गली बँदेलको आक्रमणबाट बझाङमा चार घाइते

बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको हाे।

बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन्। अर्का व्यक्तिको भने नाम खुलाएको छैन। खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन्।

आक्रमणमा परी कुँवरको दायाँ खुट्टामा घाउ लागेको छ भने आक्रमणपछि खेतबाट करिव ५० मिटर तल लडेका छन्। पिरमजलाको खुट्टा र पिठ्युमा सङ्गीताको हातखुट्टा र पिठ्युमा चोट लागेको छ। उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ। कुँवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.