Dashain Suvakamana

गम्भीरखालका संक्रमित घटेपछि धनगढीको कोराेना अस्पताल खाली

धनगढी । कुनै बेला गम्भीर संक्रमितको चापले शैया अभावको समस्या खेपेको धनगढीस्थित सेती प्रादेशिक अस्पताल मातहतको कोराेना अस्थायी अस्पताल अहिले खाली भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार कोभिड अस्थायी अस्पतालमा अहिले धनगढीका १ जना संक्रमितको मात्रै उपचार भइरहेको छ।

उनकाे अवस्था खतरामुक्त रहेकाले सम्भवत: उनी पनि कोरोना जितेर चाडै घर फर्किने श्रेष्ठले बताए । धनगढीमा मात्रै नभई सुदूरपश्चिम प्रदेशभर मै पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ। दैनिक एक सयको हाराहारीमा संक्रमित थपिने यहाँ पछिल्लो एक साता यता दैनिक सात/आठ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको छ।

शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमित संख्या १५ सय २४ रहेको छ। लामो समयदेखि दुई हजारभन्दा बढी सक्रिय संक्रमित रहेको सुदूरपश्चिम प्रदेशमा त्यो संख्या पछिल्ला दिनहरुमा घटदै गएको तथ्यांकले देखाउँछ। संक्रमित मध्येपनि गम्भीर अवस्थाको काेही नरहेकाे बताईएकाे छ। 

अस्पतालमा उपचाररत संक्रमितको संख्या कम भएपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न चिकित्सकहरुले सुझाव दिएका छन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.