महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुने
बिकास सिंह महता
कञ्चनपुर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ। विश्वव्यापी रुपमा फैलिएको “कोभिड-१९ “कोरोना भाइरस ले थला परेका खेलकुद क्षेत्रलाई उजागर गर्नका लागि र फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा खुल्ला प्रतियाेगिता हुने भएकाे हाे ।
यहि माघ १२ गतेदेखि महेन्द्रनगरको खुल्लामञ्चमा सुदूरपश्चिम प्रदेश भरका क्लबको प्रतिनिधित्व हुने गरि महेन्द्रनगर क्षेत्रकै सबै भन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप -२०७७ को आयोजना हुन लागेको पुर्व खेलाडी एवं प्रतियोगिता संयोजक महेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार ‘प्रतियोगितामा सहभागिता हुने क्लबकालागि माघ १० गते साझ ४ बजेसम्म टिम दर्ता गर्न समय रहेको र प्रतियोगिता १२ माघदेखि संचालन हुनेछ।
योसंगै प्रतियोगिता नकाउट आधारमा खेलाईने र प्रतियोगिताको च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कारको घोषणा गरिएको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको बताएका छन् ।