Dashain Suvakamana

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट खेल्ने सुदूरपश्चिम टिमको बिदाई

बिकास सिंह महता

कञ्चनपुर । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको पुरुष क्रीकेट टिमको एक कार्यक्रमका साथ बिदाई गरिएको छ।

सुदूरपश्चिम प्रदेशको क्रिकेट टिमलाई सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका अध्यक्ष हरि रेग्मी ,कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष विरेन्द्र चन्द लगायत प्रादेशिक क्रीकेट संघ र जिल्ला क्रीकेट संघका पदाधिकारीको उपस्थितिमा सन्तोष भट्टको कप्तानिमा १४ सदस्य टोलि, टिम व्यवस्थापक र प्रशिक्षक लाई शुभकामनाका साथै बिदाई गरिएको हो।

सन्तोष भट्टको क्याप्टेन सिपमा अरुण ऎरि,खडक बहादुर बोहरा (उप-क्याप्टेन ) ,गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिर्वा ,किरन ठगुन्ना, अर्जुन सावद (विकेट किपर), बिनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद, भोजराज भट्ट सुदूरपश्चिम क्रीकेट टिममा पर्न सफल भएका छन् । जसको टिम व्यवस्थापकमा शेर सिंह खत्री र प्रशिक्षकको जिम्मेवारी वीरेन्द्र शाही लाई दिएको कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष विरेन्द्र चन्दले जानकारि दिएका छन्।

उनका अनुसार सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल माघ ५ गते बागमती प्रदेशको सामना गर्ने छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रादेशिक टिम र तीन विभागीय टिम गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । १६ दिनसम्म चल्ने प्रतियोगितामा कूल २३ खेल हुनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् ।

यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’मा रहेका त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा संगै विभागीय टिमका टिम क्याप्टेन विनोद भण्डारिको सतकिय पारी खेल्दै विजय सुरुवात गरेको छ। खेल त्रिवि अन्तर्राष्ट्रिय मैदानमा संचालन भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.