विप्लव समूहका तेस्रो वरियताका नेता पक्राउ, माघ १० गते नेपाल बन्द

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका छन्। प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो।

यसैबीच आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ। माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने विप्लव समूहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.