आज माघे सङ्क्रान्ति, मुख्यमन्त्री भट्टद्वारा शुभकामना सन्देश ब्यक्त
धनगढी । धार्मिक मासका रुपमा मानिने माघ महिनाकाे आज पहिलाे दिन अर्थात माघे संक्रान्ति । नेपालीहरुका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो । माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु समुदायले माघी पर्व पुरै महिनाभरी नै मनाउँदछन् ।
थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ ।धार्मिक एवं सांंस्कृतिक पर्व ‘माघे सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वको अवसरमा पवित्र नदी र तलाउमा स्नान गरी नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ।
मुख्यमन्त्री भट्टद्वारा शुभकामना सन्देश ब्यक्त
यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश ब्यक्त गर्दै सामाजिक तथा सांंस्कृतिक पर्व ‘माघे सङ्क्रान्ति’ले पारिवारीक सम्बन्ध सुमधुर बनाउने प्रेरणाकाे कामना गरेका छन् ।
काेभिड-१९ संक्रमण महामारीवाट उत्पन्न जटिल परिस्थितिमा सरकारले ताेकेका स्वास्थ्य मापदण्ड अपनाई पर्व मनाउन आग्रह गर्दै उनले देश विदेशमा रहेका सुदूरपश्चिमेली जनसमुदायमा सुख, समृद्धि एवं सुस्वास्थ्य कामनासहित शुभकामना ब्यक्त गरेका छन् ।