बझाङको खप्तड छान्ना गापाद्वारा ज्येष्ठ नागरिकलाई कम्बल काेसेली

बझाङ । चिसो बढ्दै गएपछि खप्तड छान्ना गाउँपालिकाले आफ्ना ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिएको छ।  बुधवार खप्तड छान्ना गाउँपालिकाले ७० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई एक–एक कम्बल दिएको हो।

गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उनीहरु खुशी भएका छन्। गाउँपलिकाका सात वडामा रहेका एक हजार पाँच जनालाई कम्बल कोसेली दिइएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए। उनले प्रायजसो गाउँमा जाँदा चिसोका समयमा सबै भन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकाले कम्बल कोसेली दिइएको जानकारी दिए।

अध्यक्ष रोकायाले यसका साथै ज्येष्ठ नागरिकलाइ घरघरमै गएर वर्षमा दुई पटक स्वास्थ्य परीक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताए। गएको वर्ष पनि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो। रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.