Dashain Suvakamana

प्रधानमन्त्रीकाे असंबैधानीक कदमबिरुद्ध महेन्द्रनगरमा राँके जुलुस

विकास सिंह महता

कञ्चनपुर ।प्रधानमन्त्री केपी ओलीले असंबैधानीक कदम उठाउदै संसद विघटन गरेबिरुद्धमा महेन्द्रनगरमा राँके जुलुस प्रदर्शन भएकाे छ । सोमबार साँझ नेकपा दाहाल–नेपाल पक्षकाे अनेरास्ववियूले राँके जुलुस प्रर्दशन गरेको हो ।

No description available.अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम प्रतिगमन भएकाले मसाल जुलुस प्रर्दशन गरिएको बताए । उनका अनुसार महेन्द्रनगर वजारको खुला मञ्चवाट शुरु भएको जुलुस वसपार्क चोकमा पुगेर विरोध सभामा परिणत थियोे ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले ओलीको कदम प्रतिगमन भएको बताए । विरोध सभामा वोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमनकारी कदम फिर्ता नहुंदासम्म युवा विद्यार्थीले सडक नछाड्ने वताए । यस्तै अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरी, अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरी लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदम बिरुद्ध आन्दोलन जारी रहने चेतावनी दिएका छन ।

दाहाल-नेपाल पक्षधर नेताहरुले ओलीले सत्ताकालागि निरंकुशतन्त्र फैलाउने काम गरेको आरोप लगाएका छन । जनतामाथि विश्वासघात गर्दै प्रतिगमको बिजारोपण गरेको समेत उनीहरुले ठोकुवा गरे ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.