Dashain Suvakamana

कैलारी गाउँपालिकाद्वारा माघीका अवसरमा तीन दिन बिदा

धनगढी । थारु समुदायको महान पर्व माघीका अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले थारु समुदायको महान पर्व माघीका अवसरमा पुस २९, माघ १ र २ गते बिदा निर्णय गरेको हो ।

गाउँपालिकामा थारु बाहुल्यता रहेकाले तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए। संघीय सरकारले माघ १ गते मात्रै सार्वजनिक विदा दिएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.