सेती प्रादेशिक अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारत एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको गएराती मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कडा निमोनिया र स्वास प्रस्वासबाट ग्रसित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.