दिनेश अटोमोटिभ्सद्धारा धनगढीमा बजाजको ‘डोमिनार २५०’ मोटरसाइकल लञ्च

धनगढी । दिनेश अटोमोटिभ्सले सुदूरपश्चिममै पहिलाे पटक एफआई इन्जन भएको बजाजको डोमिनार २५० मोटरसाइकल धनगढीमा लञ्च गरेको छ। सुदूरपश्चिमकालागि अधिकारीक बिक्रेता दिनेश अटोमोटिभ्सले यसअघि ४०० सीसी सेग्मेन्टमा बजारमा उपलब्ध यो मोटरसाइसललाई अहिले बजाजले २५० सीसी सेग्मेन्टमा लञ्च गरेको हो।

एफआई इन्जन भएको यस  मोटरसाइकलमा कम्पनीले सिगंल सिलिन्डर, ४ भल्भ, एफआई, लिक्वीड कुल्ड इन्जिन दिएको छ। डोमिनर २५० मा २४८ सीसी इन्जिन रहेको छ। मोटरसाइकलमा ६ स्पीडको गियर र स्लिपर कल्च उपलब्ध रहेको छ।

यो मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको र यसले ८.२३ सेकेण्डमा १३२ किलोमिटरको गतिले स्पीड समात्न सक्ने बताइएको छ। 

डोमिनार २५० मा इन्धन क्षमता १३ लिटर रहेको छ। सिमित समयकालागि यसको बिक्रि मूल्य ४,८९,९०० रहेको दिनेश अटोमोटिभ्स धनगढीले बताइएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.