Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश सरकारको संगठन तथा व्यवस्थापन परिमार्जन हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मख्यमन्त्री त्रिलाेचन भट्टले समयानकुल प्रदेश सरकारको संगठन तथा व्यवस्थापन परिमार्जन गरिन लागेकाे बताएका छन ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएकाे सरकारको संगठन तथा व्यवस्थापन सर्भेक्षण गाेस्ठि समापनपछि मुख्यमन्त्री भट्टले समयानुसार परिस्कृत गर्दै लैजाने बताए ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकार गठनताका संघीय सरकारले बनाएकाे संरचनाले अहिले अपुग भएकाे महशुस हुन थालेपछि जनतालाई सहुलियत हुनेगरी परिमार्जन आवश्यक देखिएकाे बताउदै उनले संरचना निर्माणमा सरकारी निकाय र विज्ञ विशेषज्ञकाे राय सुझाव लिने काम भैइरहेकाेले अव चाँडै समयानकुल परिमार्जन गरिने बताए ।

No description available.नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुर र सुदूरपश्चिम सरकारको संयुक्त आयोजनामा भएकाे समिक्षा गाेष्ठिमा सहभागीहरुले संघीय सरकारले तय गरेकाे प्रारम्भिक संरचानालाई परिमार्जन गर्नुपर्ने सुझाएका थिए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सरकारका प्रमुख सचिव तथा अन्य सबै मन्त्रालयका सचिवहरू लगायतको सहभागिता रहेको थियाे। यसअघि विभिन्न क्षेत्रका विज्ञहरुले प्रदेश सरकारको संगठन तथा व्यवस्थापन परिमार्जन गर्न सुझाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.