Dashain Suvakamana

प्रधानमन्त्रीकाे सुरक्षाकालगि धनगढीका चोक–चोकमा सुरक्षाकर्मी

धनगढी । प्रतिनिधिसभा विघट गरेपछि पार्टीमा बढ्दै गएकाे विवादमा आप्नाे समुहतिर कार्यकर्ताकाे आक्रषण बढाउन आयाेजित सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउदैछन् । प्रधानमन्त्री आउने भएपछि शुक्रबार बिहानैदेखि धनगढीसहित जिल्लाका सबै ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकबाट बनाइएको सुरक्षा रणनीति अनुसार धनगढीका चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक तथा जनसभा हुने खुलामञ्च सम्म ठाउँ ठाउँमा दर्जनौँ सुरक्षाकर्मीका टोली परिचालन गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोली सडकमा परिचालन भएको देख्न सकिन्छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बिहानैदेखि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.