ओली समुहकाे प्रदेश सदस्य पद अपाङगता भएका ब्यक्तिद्वारा अस्वीकार
धनगढी । पार्टी बिवाद फुटकाे संघारमा पुगेकाे नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे ओली समुहले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा सिफारीस गरेका अपाङ्गता भएका ब्यक्ति सहित कञ्चनपुरका तीन जनाले अस्वीकार गरेका छन् । तत्कालिन माओवादी केन्द्रका कार्यकर्ता रहेका कञ्चनपुरका सुन्दर सिंह बाेहरा(टाइगर), बलराम पन्त र जगनी डगाैराले संयुक्त विज्ञप्ति निकालेर अस्वीकार गरेकाे जनाएका हुन् ।
सर्वहारा वर्गकाे शासनसत्ता ल्याउने उद्देश्यले नेकपामा कृर्याशिल हामीहरु पार्टीमा बिवाद भएपछि आफुहरुलाई कुनै जानकारी नदिई नेकपा (केपी ओली) समुहले प्रदेश कमिटीमा राखेकाेप्रति दुख व्यक्त गर्दै उनीहरुले अब उप्रान्त यस्ता भ्रामक कुप्रचार नगर्न नगराउन हुन समेत चेतावनी दिइएको छन् । साथै हामीहरु ओलीकाे असंबैधानीक कदमका बिरुद्ध श्रद्धेय कमरेड प्रचण्ड र कमरेड माधव नेपाल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा मै रहेको जानकारी गराउद्छाैं भनेका छन् ।
तत्कालिन माओवादी केन्द्रकाे भातृसंगठन अनेरास्ववीयू क्रान्तिकारी का केन्द्रीय सदस्य दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति बलराम पन्त महाधिवेशनवाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने सुदूरपश्चिममा अपाङ्गता क्षेत्रकाे उथ्थानमा लागिपरेका छन् ।