Dashain Suvakamana

डडेल्धुराकाे परशुराममा माघीमेला नहुने, आजैदेखि नगर कार्यालय पनि बन्द

डडेल्धुरा । परशुराम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवाहरू बन्द गर्ने निर्णय गरिएको जनाएको हो।

बुधबारदेखि माघ २ सम्म कार्यालयबाट नियमित रूपमा प्रदान भइरहेका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए। पुस १८ गते नगरपालिकामा कार्यरत सातजना कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा एकजनामा कोरोना देखिएको र थप कर्मचारीहरुको स्वाब परीक्षण भइरहेको पनेरुले बताए।

साथै, परशुराम नगरपालिका–५ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थाल परशुराम धाममा लाग्ने ‘माघी मेला’ समेत नहुने नगरपालिकाले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.