Dashain Suvakamana

प्रधानमन्त्री धनगढी आउने कार्यक्रमको तयारीमा संघीय ४ मन्त्री

धनगढी । पार्टीले आयाेजना गरेकाे आमसभालाई सम्बाेधन गर्न आगामी पौष २४ गते धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन् । उक्त कार्यक्रमको अहिले तयारी तीव्र भइरहेको छ । कार्यक्रमको तयारीको नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मूल समिति बनाइएको छ । त्यस्तै ७ वटा उप-समिति बनाएर तयारी थालिएको छ ।

’२४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी सुरु भएको छ’ नेकपा केन्द्रीय सदस्य एवम् मिडिया संयोजक उदब भट्टराईले भने ,’ हरेक स्थानीय तहबाट व्यापक जनताको सहभागिता गराउने तयारी छ ।’

४ मन्त्री धनगढीमा

कार्यक्रमको तयारी कै लागी केन्द्रीय नेता तथा मन्त्रीहरू कैलाली पुगिसकेका छन् । नेकपाका सुदुरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ,बन मन्त्री प्रेम आले , श्रम मन्त्री गौरी शङ्कर चौधरी सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा पनि धनगढी पुगिसकेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र श्रम मन्त्री चौधरी र प्रदेश अध्यक्ष थापा सोमबार धनगढी पुगेका हुन् भने बन मन्त्री आले र सामान्य प्रशासन मन्त्री ठगुन्ना मङ्गलवार पुगेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.