अपाङ्गता भएकाले भोगीरहेका समस्याबारेमा बिश्लेषणात्मक गोष्ठी सम्पन्न

धनगढी । सुदूरपश्चिका जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषनात्मक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएकाे छ ।

युएनडिपीकाे सहयाेगमा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशकाे आयाेजनामा यही पुस १० गते डाेटीकाे दिपायलमा आयाेजित गाेष्ठीमा आछाम, बाजुरा र डाेटी जिल्लाका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए । यस्तै १२ गते बैतडीको गोठालापानीमा भएको कार्यक्रममा बैतडी, दार्चुला र  डडेलधुरा जिल्लाका  विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए l

स्थानीय तहका जनप्रतिनिधिकाे प्रमुख आतिथ्यमा भएका उक्त कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ सुदुर पश्चिम प्रदेश  अध्यक्ष श्री उपेन्द्र बहादुर खडायतले सहभागी हरुलाई स्वागत तथा धन्यबाद ज्ञापन गरेका थिए भने पूर्व केन्द्रिय सदस्य मान बहादुर साउदले सहजीकरण गरेको थियो  l

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.