Dashain Suvakamana

धनगढीमा भूमिहीन सुकम्वासी लगत सङ्कलन एकाइ कार्यालय स्थापना

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका भूमिहीन, सुकुम्वासी, अव्यस्थित बसोवास गर्नेहरुको पहिचान गरी लगत सङ्कलनको काम सुरु भएको छ।धनगढी उपमहानगरपालिकाले आज एकाइ कार्यालय स्थापना गरी काम अघि बढाएको हो।

एकाइ कार्यालयको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रुपमा शुभारम्भ गरे। सो अवसरमा नगरप्रमुख वडले जग्गा हस्तान्तरणको प्रक्रिया थाल्नका लागि भूमिहीन सुकम्वासी र अव्यस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम एकाइ कार्यालयबाट सञ्चालन हुने बताए।

भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधानमा धनगढी उपमहानगरपालिकासँग गरेको सम्झौता बमोजिम काम अगाडि बढाइको हो। आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विभिन्न जिल्लाका पालिकासँग पनि सम्झौता गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.