Dashain Suvakamana

७ किलो चरेशसहित अत्तरियाका एक होटल सञ्चालक पक्राउ

धनगढी । कैलालीकाे अत्तरियामा चरेशसहित एक होटलका सञ्चालक पक्राउ परेका छन्।जिल्लाको गोदावरी नगरपालिका अत्तरियास्थित जानकी होटलका सञ्चालक बलबहादुर धामी पक्राउ परेका हुन।

उनको साथबाट ७ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ। धामीलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धान भैईरहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.