Dashain Suvakamana

मुख्यमन्त्री भट्टद्धारा भाैतिक पूर्वाधार मन्त्रालयकाे अनुगमन तथा निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशकै भाैतिक पूर्वाधार विकास मन्त्रालयकाे अनुगमन  तथा निरीक्षण गरेका छन् । गत मंगलवार मन्त्री पठान सिंह बाेहरालाई पदमुक्त गरेपछि मुख्यमन्त्रीले नै सम्हाल्दै आएकाे उक्त मन्त्रालयकाे मुख्यमन्त्री भट्टले आज आईतवार मन्त्रालयकाे अनुगमन गर्नुकासाथै कर्मचारीहरुलाई काममा ढिलाई नगर्न निर्देशन दिएका छन् । Image may contain: one or more people, people standing and indoor

‘पछिल्लाे समय राजनीतिमा आएकाे बिषम परिस्थितिले मन्त्री पदमुक्त भएपनि तपाईहरुले गर्ने कार्यमा कुनै किसिमकाे ढीलासुस्ती हुनु भएन । सरकारकाे काम देखाउने मन्त्रालय भएकाले आइपर्ने समस्या समाधान गर्न सरकार लागिपर्ने छ, समन्वय गरी छिटो छरिताे आफ्नाे पदीय दायीत्व निर्वाह गरेर देखाउने समय पनि हाे याे ।’

साे अवसरमा मन्त्रालयका सचिव गणेशप्रसाद  भट्टले भाैतिक पूर्वाधार विकास मन्त्रालयकाे पनि जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री भट्टलाई स्वागत गर्दै मन्त्रालयकाे कार्यप्रगति मुख्य याेजना मन्त्रालयकाे कार्यक्षेत्र र कर्मचारीकाे अवस्थाबारेमा जानकारी गराएका थिए । Image may contain: 3 people, people sitting and indoor

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.