सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन् : भीम रावल
धनगढी ।सत्तारुढ दल नेकपाका सुदूरपश्चिम ईञ्जार्ज भिम रावलले सुदूरपश्चिम प्रदेश सरकारमा फेरबदल नहुने बताएका छन् । नेकपा सुदूरपश्चिम संसदीय दलकाे बैठकपछि धनगढीमा आज आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन ।
‘मन्त्री परिषदमा रिक्त मन्त्री थप्ने कुरो त स्वभाबिक हो तर अहिले सरकार ढल्दैन,’ उनले भने , ‘आफ्नो समुहबाट सरकार ढाल्ने कुनै योजना छैन, अर्को पक्षले कु प्रचार मात्रै गरेको हो ।’
संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले प्रधानमन्त्रीले हुँदै नभएको अधीकार प्रयोग गरेर सदन बिधटन गरेकोमा बिराेध जनाउदा पार्टी फोड्न थालिएकाे बताए ।
उनले आज बसेको सुदुरपश्चिम नेकपा संसदिय दलको बैठकका बहुमत सदस्यले सरकारको कदमको बिरोध गरेको दाबी गरे । अहिले पार्टी भित्र आएको संकट प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले आएको उनको तर्क छ ।