Dashain Suvakamana

गहना लुटन बृद्ध आमाको निकृष्ठ हत्या

 विकास सिह महता

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका १ ढक्कामा ७१ बर्षीया बृद्ध घण्टी भुल घरमा एक्लै बस्थिन । उनका श्रीमान किथ्थे भुलका दुई श्रीमती थिए । एक पहाड, एक तराईमा । घण्टीका छोरा भारतमा रोजगारी गर्दै आएका थिए । नाक, कान र घाँटीमा गहना भएकी बृद्ध आमाको छिमेकीको गिद्दे नगर ग¥यो । गिद्दे नजरकै कारण आमाले सुन गुमाउनु परेन, ज्यानै गुमाउनुप¥यो ।

यो घटना गत साताको हो । बृद्ध आमाका लागि गाँउले छिमेकी नै लुटेरा होईन, काल बनेर आए । बृद्धको घरदेखि २सयमिटर नजिकै रहेका दल बहादुर विकले बृद्ध आमाको घाँटीमा रहेको सुन लुटेनन् उनको हत्या पनि गरिदिए ।No description available. घरमा कोही नभएको मौका छोपी बृद्धको नाक, कान र घाँटीमा रहेका गहना लुटने उदेश्यकासाथ बृद्धको विकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घटना घटेसँगै कञ्चनपुर प्रहरीले घटनाका मुख्य योजनाकार विकलाई सार्वजनिक गरेकोछ ।

‘बृद्ध खण्टी भुल एक्लै घरमा बस्थिन, त्यही मौका छोपी छिमेकी समेत रहेका दल बहादुर विकले घारिलो हतियार प्रयोग गरेर हत्या गरेपछि गहना लुटेर घरमै लुकाएका रहेछन, ‘कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, ‘असन्धान गर्दै जाँदा संस्कापद १२ जनालाई नियन्त्रणमा लिए, जसमध्ये दल बहादुरमाथि हामी बढि फोकस भयौँ, ‘उनको घरमा गोली पनि भेटियो, विकले बृद्धबाट ल्याएर लुटेका गहना टर्चभित्र फेला परेसंगै घटना उनले नै गरेको स्वीकार गरेका छन ।’

बृद्धले लगाएको दुई थान मुन्द्रा, तिलहरी र फुलीका साथै राईफलको गोली धारिलो हतियार, चप्पल र कपडा बासुलो समेत बरामद गरिएको छ । घटनामा विक सहित अन्यको संलग्न रहे नरहेको विषयमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले बताए । जनयुद्धकालिन पुर्व माओवादी कार्यकर्ता भएकाले उनले घरमा पहिलेदेखि गोली लुकाएर राखेको प्रहरीले जनाएको छ । विकबिरुद्ध हातहतियार खरखजाना एव कर्तज्य ज्यान अन्तरगत मुद्दा चलाईने प्रहरीले तयारी गरेको छ ।

बृद्धको हत्या स्वीकार गरेका विकको घर करिब दुई मिटर दुरीमा रहेको छ । ४९ बर्षिया दल बहादुरले आमा सरहकी बृद्धको सुन लुटन्कै कारण हत्या गरेको प्रहरीको दावी छ । मृतक भुलका छोरा मोतिसिह भुलले घटनामा संलग्न व्यक्ति उपर कार्बाही हुनुपर्ने बताए । अपराध लुक्दैन, भन्ने यो घटनाको सफल अनुसन्धानबाट देखिएकोछ ।

कञ्चनपुरका प्रमुख प्रमुख मरासिनीले अपराध हुनेवित्तिकै पीडित परिवार स्थानीय नागरिकबाट सहयोग हुँदा जिल्लाका एक बर्षको अवधिमा घटेका ६ जघन्य प्रकृतिका घटनाको सफmल अनुसन्धान भएको बताए । ‘समाजमा कुनै घटना घट्ने वित्तिकै घरपरिवार, स्थानीय नागरिकबाट सहयोग हुनुपर्छ, ‘उनले भने, ‘तबमात्रै घटनाको वास्तविकता बाहिर आउँछ ।’

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज कैलाल विष्ट नेतृत्वका ईप्रका, जिल्ला र प्रदेश प्रहरीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेको थियो । प्रहरीको सफल अनुसन्धानले समाजमा अपराध गरेर उन्मुक्ति पाईदैन भन्ने गतिलो उदाहारण भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.