Dashain Suvakamana

कञ्चनपुरको दोदा नदीमा झोलुङ्गे पुलको उद्घाटन

धनगढी । कञ्चनपुरको दोदा नदीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । लालझाडी गाँउपालिका -१ बिनवारी र पुनर्वास नगरपालिका -२ अमरैया जोड्ने दोदा नदिमा निर्माण गरिएको झोलुङ्गे पुलको शुक्रबार सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले गरेका हुन्।

पुलउद्घाटन कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको उपस्थिति रहेको थियो ।करीब १ करोड ९९ लाख लागतमा दुई सय मिटरभन्दा बढी लम्बाईको झोलुङ्गे पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताए ।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.