Dashain Suvakamana

केपी ओली ‘लाैरी हालि झ्याैरी गर्ने’ भएकाले छाेड्याैं : भीम रावल

धनगढी । तत्कालिन एमालेकाे अध्यक्षमा केपी ओली भएका महाधिवेशनवाट उपाध्यक्षमा निर्वाचित भीम रावलले ओलीका व्यवहार र आचरणले पार्टी मात्रै नभइ सिङ्गाे देश र संविधान नै धरापमा परेकाे बताएका छन् ।

शुक्रवार धनगढीमा आयाेजित पार्टीकाे सुदूरपश्चिम प्रदेश कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै प्रदेश ईञ्चार्जसमेत रहेका नेता रावलले छलकपट र अपराधिक मनस्थितिका ‘ओली लाैरी हालि झ्याैरी गर्ने’ चरित्रकाे भएकाले उनकाे साथ छाेडेकाे बताएका हुन् । No description available.दुई ठूला कम्युनिस्ट पार्टी एकीकरणमा भएका समझदारी हुन् वा पार्टी विवाद समाधान कार्यदलकाे प्रतिवेदन, कसैलाई पनि नमानेर ‘म नै राज्य हुँ’ भन्ने अहंकारी भावनाले पार्टी फुटाएकाे आराेप लगाए ।

‘नेता चिनिने नै संकटकाे बेला’ भन्दै उनले भने-‘ बैठकमा उपस्थित तपाईहरु कैयाैंले जनयुद्धकाे नेतृत्व गरेकाले उनकाे हैकम, डर र धम्कीकाे मुकाविला गरी पार्टी र देशकाे सार्वभाैमिकता बचाउने जिम्मेवारी पुन: समाल्नु हुनेछ ।’ यसअघि पार्टीकाे बर्तमान अवस्था, पछिल्लाे केन्द्रीय कमिटीकाे निर्णय तथा प्रधानमन्त्री ओलीकाे प्रतिनिधिसभा विघटन कदमबारे केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सहईञ्चार्जहरु खगराज भट्ट भानुभक्त जाेशी लक्ष्मण जाेशीले बैठकमा जानकारी गराएका थिए ।

पार्टी विवादपछि ओली र प्रचण्ड नेपाल समुहमा विभक्त नेकपाकाे आजकाे प्रदेश कमिटी बैठकमा दुई तिहईकाे सहभागिता रहेकाे नेकपा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.