Dashain Suvakamana

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

Ajai

धनगढी । अटो दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान सल्यानको बागचौर नगरपालिका मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक ३४ वर्षीय निर्मल कँवर मगर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङ लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.