
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ भने साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
पहिलाे खेल मध्याह्न साढे १२ बजेबाट त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । त्यसपछि दाेस्राे खेल बेलुका ५ बजेबाट साेहि मैदानमा हुनेछ ।यसअघि हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ ।
