Dashain Suvakamana

पहिलाे खेलमा सुदूरपश्चिम रोयल्सको लज्जास्पद हार

Ajai

नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सले सानदार सुरुवात गर्दा सुदूरपश्चिम रोयल्सले लज्जास्पद पराजय व्यहोरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।

रोयल्सले दिएको ८८ रनको झिनो लक्ष्य लायन्सले ९.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा डार्सी शर्टले ४० रन जोडे । आसिफ शेखले ३२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.