Dashain Suvakamana

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

Ajai

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । सुदूरपश्चिमले सुरुवातमै पहिलो विकेट गुमाएको थियो । ओपनर विनोद भण्डारी व्यक्तिगत ४ रनमा आउट भए । त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । सैफ १४ र ब्रान्डन २२ रनमा आउट भए ।

त्यसपछि सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह र इशान पाण्डेले सम्हाले । दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । पाण्डे ३१ ब्लमा ३७ रन बनाएर आउट भए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे । बलिङमा धनन्जय लक्षन, महेदी हन र शाकिब अल हसनले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडेका थिए ।

बिहीबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजेबाट खेल सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुने तालिका छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.