Dashain Suvakamana

एनपिएलमा आज पाेखरासँग सुदूरपश्चिम भिड्दै

Ajai

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुवै खेल गुमाएको पोखरा यसपटक विगतको इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। अर्कोतर्फ, लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम भने पोखराविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा छ।

अघिल्ला दुई संस्करणका ‘हेड टु हेड’ तथ्याङ्क हेर्दा यी दुई टोलीबिच दुईपटक भेट भएको छ र दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ। यसर्थ, पोखराका लागि बुधबारको खेल जित निकाल्ने अवसर मात्र नभई सुदूरपश्चिमविरुद्ध पहिलो जित दर्ता गर्ने ठुलो चुनौतीसमेत हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.