सांसद बयकको पहलमा लम्कीचुहा अस्पताललाई ५२ प्रकारका औषधी सहयोग

धनगढी । कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा देखिएको अत्यावश्यक औषधीको अभाव समाधान गर्न ५२ प्रकारका औषधी उपलब्ध गराइने भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आवश्यक औषधीको अभाव हुन थालेपछि सांसद प्रेमबहादुर बयकको पहलमा सङ्घीय स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायसँग समन्वय गरी औषधी व्यवस्थापन गरिएको हो ।

अस्पतालमा औषधी अभावका कारण उपचार सेवामा समस्या भइरहेको जानकारी पाएपछि सांसद बयकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र आपूर्ति व्यवस्थापन विभागसँग समन्वय गरेकाे बताए। सोही पहलपछि लम्कीचुहा प्रादेशिक अस्पतालका लागि ५२ प्रकारका औषधी व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

सांसद बयकले लम्कीचुहा क्षेत्रसहित निर्वाचन क्षेत्र नं. २ का नागरिकले भोग्दै आएका स्वास्थ्यसम्बन्धी समस्याका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए। जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै उनले अस्पतालमा अत्यावश्यक औषधीको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरिएको बताए।

औषधी व्यवस्थापनमा सहयोग गर्ने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, मन्त्रालयका सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा कृष्णप्रसाद पौडेल तथा आपूर्ति व्यवस्थापन विभागका रणबहादुर धर्तीमगरप्रति सांसद बयकले आभार व्यक्त गर्दै व्यवस्थापन गरिएका औषधी विभागबाट बुझेर जिल्ला पठाउने तयारी गरिएको बताए।

बयक नेपाली कम्युनिस्ट पार्टीका कैलाली निर्वाचन क्षेत्र नं. २ का समानुपातिक प्रतिनिधिसभा सदस्य हुन । उनी जनआन्दोलनका घाइतेसमेत हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.