एसियन गेम्स अन्तरगत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा झारिएको खेलमा ४ विकेट गुमाउँदै १५० रनको लक्ष्य दिएको थियो । सन्दीप जोरा र लोकेश बमले अर्धशतक बनाए । जोरा ५७ तथा बम ५२ रनमा नटआउट रहे । तर वर्षाका कारण जापान जवाफी ब्याटिङमा उत्रन पाएन र खेल रद्द गरियो । योसँगै नेपाल २ खेलबाट ३ अङ्कसहित समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्यो ।
नेपालले हिजो शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । नेपालले क्वाटरफाइनलमा श्रीलंकासँग खेल्नेछ । खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ ।