वन पैदावर व्यवसायी संघ कैलालीको अध्यक्षमा प्रकाश खड्का

धनगढी । पर्यावरण संरक्षण तथा वन पैदावर व्यवसायी संघ कैलालीको अध्यक्षमा प्रकाश खड्का सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार धनगढीमा सम्पन्न संघको ११ औं साधारण सभा तथा अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा तर्कराज जैशी र ललित जोशी, महासचिवमा लालबहादुर शाही, कोषाध्यक्षमा दिपेन्द्र गिरी सचिवमा कल्पना खड्का तथा सह–कोषाध्यक्षमा सुरजबहादुर बोहरा चयन भएका छन। यसैगरी कार्यसमिति सदस्यहरूमा एकेन्द्र शाही, भुपेन्द्र ठगुन्ना, सुरेन्द्र महरा, दिवाकर पाण्डे, लालबहादुर साउद र अमर छन्त्याल रहेका छन्।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष प्रकाश खड्काले वातावरण संरक्षणसँगै वन पैदावर व्यवसायीका समस्या समाधानमा आफू सक्रिय भएर लाग्ने बताए। यसअघि आयोजित साधारणसभाको उद्घाटन समारोहलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.