गौरी यादवले राजीनामा दिएपछि दीपक शाह बने उद्योग मन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उद्योगमन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट आजै राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रास्वपाका दीपककुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.