नुवाकोट। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ । ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो ।
शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए । उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । बाढी आएको १० औं दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो ।
सुरुङभित्रबाट थप आवाज सुनिएकोले उद्धार टोली भित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।