काठमाडौं । रसुवा बाढीमा बगेका ९७ शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । ५४ जनाको उद्धार गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।
सशस्त्रले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २८ जनाको शव फेला परेको छ । जसमा ५ जना महिला, १३ जना पुरुष र लैंगिक पहिचान खुल्न नसकेका १० जना छन् । यस्तै १८ जनाको शव धादिङमा फेला परेको छ । जसमा ११ जना महिला, पाँच जना पुरुष र २ जना लैंगिक पहिचान खुल्न नसकेका शव छन् । उता, नुवाकोटमा ११ जनाको शव फेला परेको छ । जसमा ५ महिला र ६ पुरुष रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै, २ महिला, ४ पुरुष, ३ पहिचान नखुलेकासहित ९ जनाको शव गोरखामा फेला परेको छ । यस्तै, तनहुँमा २ पुरुष, १ बालिका र एक बालक गरी ४ जनाको शव फेला परेको छ । यस्तै, पूर्वी नवलपुरमा एक बालिका र रसुवामा एक पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।