सुदूरपश्चिम प्रदेश सरकाले पठायाे बडिमालिकामा सरकारी पटेराे

धनगढी । बडिमालिका मेलामा हुने पुजाका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट विषेश पूजा सामाग्री पठाइएकाे छ । आज आईतवार बिहानै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री खगराज भट्टले बिधिपूर्बक पुजाआजा गरि पेटारो पठाइएको हाे ।

बाजुरामा रहेको बडीमालिका मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। तत्कालीन जुम्ला र डोटी राज्यको पालादेखि विशेष तिथिमा सरकारी पूजा टोली डोली, पञ्चेबाजा र सलामीसहित बडीमालिका जाने परम्परा रहँदै आएको बताइन्छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै सम्भवत: पहिलो पटक डोलीसहित सरकारी टोली बडीमालिका पठाएको हो। टोलीले बडीमालिका मन्दिरमा विशेष पूजा तथा दर्शन गर्नेछ।

धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको बडीमालिका यात्रा पछिल्लो समय धार्मिक पर्यटनका दृष्टिले समेत महत्वपूर्ण बन्दै गएको छ। परम्परागत डोली यात्रा तथा धार्मिक गतिविधिले सुदूरपश्चिमको ऐतिहासिक संस्कृति र धार्मिक पर्यटनको प्रवर्द्धनमा समेत योगदान पुग्ने बिश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.