पार्टी मिलाउन कोसिस गर्दागर्दा थाकिसकेँ, अब विभाजन हुने भयो- रमेश लेखक

धनगढी । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकोले अब आफू थाकिसकेको प्रतिक्रिया दिएका छन्।

गत पुसमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद रहँदादेखि नै नेता लेखक सबैको सहमतिमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका थिए। पुस मसान्तमा विशेष महाधिवेशन भयो, निवर्तमान सभापति शेरबहादुर देउवानिकट लेखक पनि महाधिवेशनमा सहभागी भएनन्। विशेष महाधिवेशन र फागुनको आमनिर्वाचनपछि पनि पार्टी एकताबद्ध बनाउन लेखकले दुवै तर्फका नेताहरूसँग संवाद गरी भूमिका निर्वाह गर्दै आएका थिए। तर अब यो प्रक्रियाबाट आफू थाकिसकेको प्रतिक्रिया नेता लेखकले दिएका छन्। 

‘पार्टी मिलाउन कोसिस गर्दागर्दा थाकिसक्या, पार्टी मिल्दैन, अब पार्टी मिलेन भने विभाजन हुने भयो,’ एक मिडियासँगकाे कुराकानीका क्रममा नेता लेखकले भने, ‘पछिल्लो समय संवादहरू भएका छन् कि छैनन् मलाई थाहा पनि छैन। म त धेरै कोसिस गरेर नसकेपछि थाकेर बसेको हो।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.