धनगढी । कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा गएराति अनटेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हाे ।
दुर्घटनामा चालक लम्कीचुहा नगरपालिका–४ बस्ने दिलिप विक घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।