सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौं  । आज नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार  प्रतितोला चार हजार ४४५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको छ। १० ग्राम चाँदीको मूल्य तीन हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.