अत्तरिया बोलाएर किशाेरीलाई बलात्कार गरेकाे आराेपमा बैतडीका धामी पक्राउ

धनगढी ।  कैलालीको अत्तरीयामा होटलमा राखेर किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ बस्ने २० वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। धामीले २४ असारमा ती किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको हाे।

धामीलाई सोमबार धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चोकबाट पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.