सूदूरपश्चिम मुख्यमन्त्री कार्यालयकाे बेथिति: कर्मचारीकाे खातामा अनाधिकृत पैसा

आर्थिक बेथिति

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक बेथिति मौलाएको छ । पछिल्लो समय कर्मचारीकै खातामा अनाधिकृत रुपमा पैसा जम्मा हुन थालेपछि यो बेथिति सार्वजनिक भएको छ ।

असार मसान्तमा केही कर्मचारीको खातामा उनीहरूले माग नै नगरेको रकम पठाएको आरोप सार्वजनिक भएको हो । उक्त रकम खातामा जम्मा भएपछि सम्बन्धित कर्मचारीसमेत अचम्ममा परेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत लेखा शाखाका उपसचिव कृष्णबहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बैंक खातामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनधिकृत रूपमा रकम जम्मा भएको दाबी गर्दै त्यसको स्क्रिनसट सार्वजनिक गरेका छन्। उनले आफूले कुनै रकम माग नगरेको र रकम किन तथा कुन आधारमा पठाइयो भन्ने विषयमा प्रश्न उठाएका छन्।

उपसचिव शाही यसअघि पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक अनियमितता रहेको दाबी गर्दै सार्वजनिक रूपमा बोलेका थिए। उनले कार्यालय समयभित्र सम्पन्न भएका बैठकलाई भत्ताकाे लाेभले कार्यालय समयबाहिर बसेको देखाइ विवरण तयार गरिएको आरोपसमेत लगाएका थिए। फुलबारी खवर

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.