टीकापुरबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित

धनगढी । कैलालीमा प्रहरी हिरासतबाट थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेको जानकारी दिए । उनकाअनुसार नगार्जीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन् । घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा समिति गठन गरिएको छ ।

पाँच सदस्यीय समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.