कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् । भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको उनले बताए ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो । निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.