विद्यालय पुराइएकी बालिका खोला किनारमा मृत भेटिइन्

धनगढी । कैलालीमा विद्यालयबाट बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–२ को जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मनिषा बिक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहान पौने  ११ बजेतिर रोरा खोलाको किनारमा मनिषाको शव फेला परेको जानकारी दिए ।उनका अनुसार लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकाे छोरी मनिषा जनचेतना माध्यमिक विद्यालयमो शिशु कक्षामा अध्ययनरत थिइन् । बिहान ७ बजेतिर अभिभावकले विद्यालयमा छाडेका थिए ।

उनी विद्यालयबाटै हराएकी थिइन् । बालिका विद्यालयबाट हराएको र घर तथा आफन्तको सम्पर्कमा पनि नरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खोजीमा खटिएको थियो । मंगलबार पानी परेका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको थियो । दैनिक ११ बजे बालिकालाई लैजान उनका अभिभावक विद्यालयमै आउने गरेका थिए ।

मंगलबार भने विद्यार्थी न्यून भएको भन्दै १० बजेतिर बिदा गरिएको थियो । बालिका बिदा भएपछि एक्लै घरतर्फ हिडेपछि खोला तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.