विश्वकप लिग–२ कालागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 

१५ सदस्यीय मुख्य टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्। टोलीमा लेग स्पिन सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख र सोमपाल कामी, इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीले स्थान पाएका छन्। मुख्य टोलीका अतिरिक्त पाँच जना खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाडीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

नेपाली टोलीले नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय शृङ्खलाका क्रममा लिग–२ अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.